'नाडा अटो शो' अवधिमा सुजुकी गाडी खरिद गर्दा १ लाखसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2023 | 10:03:36 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले  नाडा अटो शो को लागि विशेष छुट अफर सार्वजनिक गरेको छ।  कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी गाडी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप  एक लाख  रुपैयाँसम्मको  छुट प्रदान गर्ने जनाएको हो । 

कम्पनीका अनुसार यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५  वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुने कम्पनीले जनाएको छ । नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र  नया ब्रेजा डिस्प्लेमा छन्।  

सुजुकी पर्वोत्सव अफर’ मा रहेका फरका अतिरिक्त यो अफर थप गरिएको कम्पनीले जनाएको छ । यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो। यो योजना अन्तर्गत ग्राहकले एक  लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा  र एक  लाख रुपैयाँ सम्मको  एक्सचेन्ज बोनस पाउन  सक्ने व्यवस्था कम्पनीले गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved