टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल दराजमा पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 10:45:31 AM मा प्रकाशित

laxmi  sunrise bank

टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराजबिच सहर्काय गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुनेछ । 

सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको प्रमुख उपस्थितीमा सिप्रदीका  सिनियर जेनरल म्यानेजर युवराज बुढराथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नबिन रानामगर बिचसम्झौता भएको हो ।

सम्झौता पश्चात अब टाटा मोटर्सका ग्राहकहरुले छिटो छरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन । यसबाट ग्राहकवर्गहरु नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था रहने छैन र उचित मुल्यमा जेन्युइन पार्टसहरु प्राप्त  गर्न सक्ने विश्वास कम्पनीको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved