बीवाईडीको नयाँ शोरुम सोल्टीमोडमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 11:52:00 AM मा प्रकाशित

laxmi  sunrise bank

बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक सिमेक्स ईं प्रा लिले काठमाडौंमा बीवाईडी सिटी स्टोरको शुभारम्भ गरेको छ ।

बीवाईडीका विद्युतीय सवारीसाधनलाई धेरै भन्दा धेरै ग्राहकहरू माझ पुर्याउने लक्ष्यसहित कम्पनीले घटस्थापनाका दिन काठमाडौंको सोल्टीमोडमा एक समारोहबीच उक्त शोरुमको उद्घाटन गरेको हो ।

बीवाईडीको नेपालमा मात्रै १२ वटा बिक्रेताहरूको नेटवर्क छ । कम्पनीले छिट्टै अन्य स्थानमा पनि विस्तारको योजना बनाएको छ । नयाँ शोरुमको उद्घाटन भने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद विराजभक्त श्रेष्ठले गरेका थिए । उनले सोल्टीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको भन्दै टिमलाई शुभकामना प्रदान गरेका थिए ।

त्यसैगरी, साईमेक्स कम्पनीका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवद्र्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने बताइन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved