सुजुकीको स्कुटर किन्दा भक्तपुरका नागाले जिते सुनको सिक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 04:42:51 PM मा प्रकाशित

laxmi  sunrise bank

भि.जि. अटोमोबाईल्सले यहि कार्तिक २ गते टेकु सोरुमबाट फेसबुक लाईभ मार्फत दास्रो बम्पर बिजेता घोषणा गरेको छ । कम्पनीका अनुसार भक्तपुर निवासी राजिप नागाले दोस्रो बम्पर बिजेता बनेर १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् । 

यो योजना लागु भए देखि १५ दिनमा नेपाल अधिराज्य भरिका खरिदकर्ताहरुलाई समाबेश गरी गरेको लक्की ड्र मार्फत नागा दोस्रो बिजेता बन्न सफल भएका छन् । कम्पनीका अनुसार उनले टेकु स्थित भि.जि. अटोमोबाईल्स प्रा.लि.को आफ््नै सोरुमबाट एभिनिस १२५ सिसि बि एस ६ खरिद गरेका थिए । 

यो योजना अन्र्तगत प्रत्येक सुजुकी मोटरसाईकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार छुट प्राप्त गर्न सकिन्छ ।

यस्तै अन्य कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मुल्याङ्घन प्राप्त हुने वा शुन्य प्रतिशत ब्याजदरमा फाईनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुनेसमेत कम्पनीले जनाएको छ । 

भि.जि. अटोमोबाईल्स सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारीक आयातकर्ता तथा विक्रेता हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved