रोयल इनफिल्डको 'हन्टर टिकटक च्यालेन्ज' को बिजेतालाई पुरस्कार हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 05:18:56 PM मा प्रकाशित

laxmi  sunrise bank

रोयल इनफिल्डको लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले प्रालिले रोयल इनफिल्डको नयाँ मोडेल हन्टर ३५० सिसि लाई बजार प्रबन्धन गर्न र युवा पुस्तालाई सोसल मिडिया मार्फत आकर्षित गर्न यही असोज ६ देखि असोज ३० गतेसम्म 'हन्टर टिकटक च्यालेन्ज २०२३' संचालन गरेको थियो । उक्त च्यालेन्जका बिजेताहरुलाई यही कात्तिक १९ गते टिकटक र फेसबुक लाइभ मार्फत नतिजा सार्वजनिक गरेर घोषित नगद हस्तान्तरण गरेको जनाइएको छ ।

सहभागिमध्ये तीन जनालाई विजेता घोषणा गरिएको अल्फा अटोमोटिभले जनाएको छ । जसअन्तर्गत पोखराका पदम लामाले प्रथम पुरस्कार अन्तर्गत १ लाख नगद प्राप्त गरे । त्यसैगरी, दोस्रो पुरस्कार बापत पोखराकी  स्मिता घिमिरेले ६० हजार नगद जित्न सफल भएकी छन् भने तेस्रो पुरस्कार बापत हेटौंडाका रजक शाहीले ४० हजार नगद जितेका छन् । 

सम्पूर्ण विजेताहरुलाई रोयल इनफिल्डको नक्शालस्थित शोरुमबाट आज कम्पनीका निर्देशक मेघराज पोडेल चेक हस्तान्तरण गरे । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved