हिरो मोटोकर्पको आधिकारिक ब्रिकेता बन्यो चौधरी ग्रुप, नेपाल मै एसेम्बल प्लान्ट खोल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2024 | 06:24:46 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय अटो निर्माता कम्पनी हिरो मोटोकर्पले नेपालस्थित आधिकारिक बिक्रेताको अधिकार ज्योति ग्रुपबाट खोसेको छ । कम्पनीले चौधरी समूहको सिजी मोटर्सलाई नेपालका लागि हिरोको आधिकारिक बिक्रेता बनाएको छ । 

यसअघि नेपालका लागि हिरोको आधिकारिक बिक्रेता रुप ज्योतिको एनजीएम हिरो रहेको थियो । हिरोका सुपर स्पलेन्डर, एक्सपल्स जस्ता मोटरसाइकल नेपालमा रुचाइएका ब्राण्डमा पर्दछन् । सन् २०१४ देखि हिरोका उत्पादन नेपालमा बिक्रि हुँदै आएका छन् । 

हिरोको आधिकारिक बिक्रेता बनेसँगै चौधरी ग्रुप २ पांग्रे सवारीको ब्यापारमा पनि प्रवेश गरेको छ । सिजी मोटर्सले नेपालमै बाइक एसेम्बल प्लान्ट समेत स्थापना गर्ने जनाएको छ । नवलपूरमा खुल्ने एसेम्बल प्लान्टबाट वार्षिक ७५ हजार थान बाइक उत्पादन क्षमता रहने बताइएको छ । मार्च २०२४ बाट प्लान्ट लगाउने काम सुरु हुने सिजी मोटर्सले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved