आन्तरिक पर्यटनमा प्रोफेसनलहरुलाई जोड्ने ‘मेरोअटो राईड २०२४’ शुक्रबार हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 07:57:04 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक पर्यटन र मोटरसाइकल राइड टुरिजममा प्रोफेसनलहरुलाई जोड्ने लक्ष्यका साथ  ‘मेरोअटो राईड–२०२४’  भोली शुक्रबार  सुरु हुँदैछ । २ दिन चल्ने यो राइडमा विभिन्न क्षेत्रमा काम गर्ने प्रोफेशनहरुले सहभागि हुने जनाइएको छ । 

आन्तरिक पर्यटनलाई जोड दिने र प्रोफेसनलहरुमा राइडिङ कल्चरको विकास गर्ने उद्देश्यका साथ हुन लागेको राइडमा करिब २५ वटा मोटरसाइकल सहभागि हुने आयोजकले बताएको छ । ‘हामी आन्तरिक पर्यटन प्रवद्र्धन र प्रोफेसनलहरुलाई पनि टुरिङमा जोड्नु पर्छ भन्ने योजनाका साथ यो दुई दिने कार्यक्रम गर्दैछौं । यसमा सहभागि हुने राइडरहरुले आफ्नै आँखा अगाडि सगरमाथा देख्न पाउनु हुनेछ’, कार्यक्रमका संयोजक तथा मेरोअटोका संचालक हरि गजुरेलले भने । 

उनका अनुसार राइड काठमाडौंको नक्शालमा रहेको बाइकर्स क्याफेबाट सुरु भएर धुलिखेल–खुर्कोट–घुर्मी–ओखलढुङ्गा हुँदै सोलुखुम्बुको पताले बजारसम्म हुनेछ । जहाँबाट सगरमाथ लगायत करिब २०÷२२ वटा हिमाल नाङ्गो आँखालेनै आफैँ अगाडि उभिए जसरी देख्न पाइन्छ ।

कार्यक्रमलाई रोयल इनफिल्ड, केटीएम, बाइकर्स क्याफे, आइएनआई सिनेमाज् र वर्ल्ड मंक रमले प्रायोजन गरेका छन् । त्यस्तै सेफ्टी पाट्नरको रुपमा कवच र यति हेल्मेट रहेका छन् । 

मेरोअटोले विगतमा ४ पाङ्रेका लागि कार र्याली आयोजना गर्दै आएकोमा यस पटकबाट २ पाङ्रेका लागि मोटरसाइकल राइड पनि सुरु गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved