गैरकानूनीरुपमा ऋणीसँग प्रिमियम असूल्ने बैंकलाई कारबाही गर्छौं : राष्ट्र बैंक प्रवक्ता भट्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 04:44:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय संस्थाहरुले गैरकानुनीरुपमा ऋणीसँग प्रिमियम असूल्न थालेपछि नेपाल राष्ट्र बैंकले चाँसो लिएको छ। केहि बैंक वित्तीय सँस्थाले ऋणीसँग प्रिमियम पनि थप गरेर ब्याज असूलेको थाहा हुन आएकाले त्यस्ता संस्थालाई कारबाही हुने राष्ट्र बैंकले जनाएको छ।  

कुनै पनि बहानामा ऋणीसँग प्रिमियम थप गरेर बढी ब्याज असूल्न नपाइने कानुनी प्राबधान रहेको भन्दै त्यस्तो गर्ने संस्थालाई कारबाही हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा बैंक वित्तीय संस्था नियमन बिभाग प्रमुख डा. गुणाकर भट्टले बिजपाटीलाई बताए।

राष्ट्र बैंकको नीति निर्देशन अक्षरस पालना नगर्ने बैंकलाई कारबाही गर्ने उनले बताए। बैंकहरुले बढेको आधार धर (बेस रेट) अनुसार ब्याजदर बढाउन पाउने तर सम्झौता गरेभन्दा बढी प्रिमियम लिन नपाउने डा. भट्टले बताए।

'बैंकहरुले घटबढ भएको ब्याजअनुसार आधार दरमा ब्याजको दर पनि घटबढ गर्न पाउँछन् तर कुनै पनि बहानामा सम्झौता गर्दा कायम प्रिमियममा घटबढ गर्न पाइदैन' प्रवक्ता भट्टले भने।   

पछिल्लो समय एकाध बाहेक अधिकांश बैंक वित्तीय संस्थाले बढेको ब्याजअनुसार ब्याजको दर मात्र नभई पहिल्यै तय भएको प्रिमियममा ४ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज असुल गरिरहेका छन्। 

बिभिन्न अनौपचारिक कार्यक्रम तथा भेटघाटमा उद्योगी व्यवसायीदेखि आम सर्वसाधारणहरुले समेत बैंक वित्तीय संस्थाहरुले बढेको ब्याजअनुसार ब्याजको दर मात्र नभई पहिल्यै तय भएको प्रिमियममा थप प्रिमियम जोडेर ब्याज असुल गरेको बताउने गरेका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved