नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा हिमालयन रिइन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । आज आइतबार कम्पनीको ४ प्रतिशत अर्थात् ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृत भएको शेयर सेयरधनीको खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरि कुल ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।