सिटिजन लाइफ इन्स्योरेन्सले अन्तरिम लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम शेयर प्रिमियमबाट अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड २५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख २१ हजार ५२ रुपैयाँ ५३ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी विशेष साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९३ करोड ७५ लाख रहेको छ। प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी ५ अर्ब ५३ करोड नाघ्ने छ ।