विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरि मनायो नेशनलले नवौं वार्षिक उत्सव कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2023 | 10:00:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बिभिन्न कार्यक्रम गरि आफ्नो वार्षिकोत्सव कार्यक्रम मनाएको छ। नवौं वर्ष पुरा गरि दशौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा लघुवित्तले बिभिन्न कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो। 

वार्षिकोत्सव कार्यक्रमअनुसार लघुवित्तले धादिङको स्वावलम्वी वहिरा आधारभुत बिद्यालय तथा त्रिपुरासुन्दरीको श्री रुपानुगा परा विद्यापिठ (गुरुकुल) विद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री, औषधि तथा आधारभुत आवश्यकताका समाग्रीहरु साथै १ देखि १० सम्मका विद्यार्थिहरुका लागी किताव, कपि, पेन्सिल, तथा डस्टविन गरि करिव डेढ लाख रुपैया बराबरको सामाग्री हस्तान्तरण गरेको हो। संस्थाका सन्चालक नरेन्द्र छत्कुली तथा प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले सम्युक्त रुपमा बिद्यालयका बिद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरेका हुन्। 

संस्थाले यस अबधि सम्म ६४ जिल्लाका १०१ वटा शाखा कार्यालय मार्फत एक लाख पचास हजार घर परिवारलाई आफ्नो सेवा विस्तार गरी उनीहरूमा रू.११ अर्ब २६ करोड कर्जा लगानी गरेको छ। त्यस्तै सदस्यहरूबाट रू.३ अर्व २५ करोड बचत परिचालन गरेको छ। 

२०७१ आषाढ १८ गते धादिङको धादिङबेसीबाट आफ्नो कारोबार शुरू गरेको नेशनल माइक्रोफाइनान्सले  आफ्ना सदस्यहरूको हितलाई मध्य नजर राख्दै आगामी दिनमा उद्यमशिलता विकाशका कार्यक्रममा ध्यान पुरयाई प्रविधि मैत्री सेवा उपलव्ध गराउने विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृतले जानकारी गराउए। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved