छाँयाक्षेत्रमा गरिमाको क्यूआर कोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 11:36:12 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र मन्दिरमा गरिमा विकास बैंकको क्यूआर कोड राखिएको छ । बैंकको बयरघारी शाखाले छाङ्छाङ्दी छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिलाई क्यूआर कोड प्रदान गरेको हो ।

क्युआर कोड हस्तान्तरण कार्यक्रममा गरिमा विकास बैंक क्षेत्रीय कार्यालय वालिङका प्रमुख लेखनाथ भट्टराई, बयरघारी शाखा प्रमुख अर्विन अर्याल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ लगायतको सहभागीता थियो ।

मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रमका बीच गरिमा विकास बैंक बयरघारी शाखाले छाङ्छाङ्दी छायाँक्षेत्र शिव मन्दिर व्यवस्थापन समिति र १०८ जलधारा १०८ शिवलिङ्ग पूर्वाधार निर्माणको लागि क्यूआर कोड हस्तान्तरण गरेको हो ।

गरिमाको क्युआर कोड भएसँगै १०८ जलधारा निर्माण र मन्दिरको विकासका निम्ति भक्तजनहरूले सहज तरिकाले दान गर्न पाउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताए । डिजिटल कारोबार बढ्दै गएको अहिलेको आधुनिक समयमा मन्दिरमा दान गर्न चाहने भक्तजनलाई सहज बनाउन र नोटको जतन होस् भन्ने हेतुले क्यूआर कोडको प्रयोगमा जोड दिइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved