पन्ध्रौ “महालक्ष्मी साहित्य पुरस्कार” गिरिलाई प्रदान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 10:29:39 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७३ सालको पन्ध्रौ “महालक्ष्मी साहित्य पुरस्कार” चितवन जिल्लाका हास्य विद्याका साहित्यकार  धनराज गिरिलाई हस्तान्तरण गरिएको छ । महालक्ष्मी विकास बैंकले आयोजना गरेको उक्त समारोहमा वरिष्ठ कवि तिर्थ श्रेष्ठ, छन्द कवि राजेश्वरी काफ्ले, साहित्यकार दाहाल यज्ञनिधि लगायतलाई विभिन्न पुरस्कारहरु द्धारा सम्मानित गरीएको थियो ।  

एक बिशेष समारोह बिच प्रमुख अतिथि डा. तुलसी भट्टराई र महालक्ष्मी बैंक हेटौंडा शाखा प्रबन्धक राजेश लामिछानेले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् ।

भाषा साहित्यको क्षेत्रमा यथासम्भव योगदान पु¥याउने उद्देश्यले वि.सं. २०५९ सालमा “यती फाइनान्स साहित्य पुरस्कार” को नामबाट स्थापना भएको सो पुरस्कार “यति साहित्य पुरस्कार” हुंदै हाल वि.सं. २०७३ सालको पन्ध्रौ श्रृंखलादेखि पुरस्कारको नाम परीवर्तन भई “महालक्ष्मी साहित्य पुरस्कार भएको छ” र पुरस्कार राशि रु.१५०००÷०० बाट वृद्घि गरि यसै बर्षदेखि रु.२१,००१।– (अक्षेरुपी रु एक्काइस हजार एक मात्र) पु¥याइएको छ ।

 विभिन्न विधामा योगदान पुरयाउने साहित्यकारहरुलाई यो पुरस्कार प्रदान गरि“दै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved