आइएमई र भारतीय कम्पनी मुथुत फाइनान्सवीच रेमिटेन्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2017 | 03:12:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्थित आइएमई लिमिटेड र इण्डिया स्थित मुथुत फाइनान्सवीच रेमिटेन्स सम्झौता भएको छ ।मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट  प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।गत आइतवार पानीपोखरी स्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल,  मुथुत फाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्झौता अनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्ने छन् ।यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दा बढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिनेछ। नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ। नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारत स्थित आरबीएल बैंक यो सेवाकालागि बैंकिंग साझेदार संस्था हुने छन्।

 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved