सिद्धार्थ बैंकले महिलालाई १५ लाखसम्म ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 05:18:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले ‘महिला उद्यमशील कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले महिला उद्यमशीलता विकास गर्न १५ लाखसम्मको कर्जा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ । 

यो कर्जा राष्ट्र बैंकद्धारा प्रदान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफनो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिने र ६ प्रतिशत ब्याज अनुदान दिने जानकारी दिएको छ । यस कर्जा योजनामा ९० प्रतिशतसम्म फाइनान्सियल सुविधा, वार्षिक ६।०२ प्रतिशतसम्म ब्याजदर, निशुल्क प्रशासनिक सुविधा, ५ दिन भित्रै कर्जा स्वीकृत हुने बैंकले बताएको छ ।

बैंकले हाल १७२ शाखा, ४ एक्स्टेन्सन् काउन्टर, १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एटिएममार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved