ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले कोरोना भाईरस विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बुधबार बैंकको प्रदेश नं. ५ का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले स्थापनाकाल देखि नै विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको जनाएको छ । आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने बैंकले जनाएको छ ।