एनआईसीको साइबरसोर्सलाई पेमेन्ट सर्भिसले बजारमा ल्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 05:57:20 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस नामक फिनटेक कम्पनीले व्यवसायीमाझ पु¥याउने भएको छ । राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति पाएपछि बैंकले ल्याएको गेटवेले डिजिटल भुक्तानीलाई प्रभावकारी बनाउने बैंकको विश्वास छ । 

यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । साइबरसोर्स गेटवे प्रणाली अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको छ ।

बैंकले हाल ३३९ शाखा, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved