घर बनाउँदै ग्लोबल आइएमई बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2022 | 07:28:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निमाणर््ा गर्ने भएको छ । 

उक्त भवन निर्माणहेतु भवनको डिजाइज बनाउने सम्झौता समेत गरेको छ । बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्मुतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटि प्रा.लि.संग सम्झौता गरेको छ । 

उक्त संझौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटि प्रा. लि.का प्रमुख आर्किटेक्ट संजय बहादुर थापाबीच हस्ताक्षर भएको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved