लुम्बिनीमा अस्पताल बनाउन निफ्रा र नबिल बैंकले २ अर्ब ५४ करोड लगनी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2022 | 07:12:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाई तथा नबिल बैंक लिमिटेडको सहभागीतामा लुम्बिनीमा अस्पताल निर्माणको लागि  सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माणा तथा सन्चालन गर्न रु. २ अर्व ५४ करोड सम्मको कर्जा सुविधाहरु स्वीकृत गरि  बिहीबार सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो ।

उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु. १ अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड रु.१ अर्ब सम्म लगनी गर्ने छ । 

कार्यक्रममा हस्पिटलका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरि व्यवसायीक संचालन सुरु गर्ने  प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्ट्रिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved