नेपाल बैंकको डबल धमाका मुद्दती खाता थप आकर्षक, पैसा दोब्बर हुन लाग्ने समय घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 04:11:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले हालै मात्र संंचालनमा ल्याएको  डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी ती खाताहरुलाई थप आकर्षित बनाएको छ । अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष  ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार यसमा न्युनतम रु पच्चीस हजार भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । त्यसैगरी यो योजनामा बैंकले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा पनि उपलब्ध गराउने छ ।  संघ संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत संचालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम ७ वर्ष २ महिनामा नै दोब्बर हुनेछ । यसमा संस्थाहरुले रु १ लाख भन्दा माथिको रकमको रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै बैंकले बिदेशमा कार्यरत नेपालीहरुको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स संचालनमा ल्याएको छ । बैंकका अनुसार अबदेखि यो खातामा बिदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र ५ वर्ष ५ महिना नै सो रकम दोब्बर हुनेछ । यसमा न्यूनतम रु २५ हजार भन्दा माथिको रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ।  यी डबल धमाका मुद्दती खाताहरु सिमित अवधिको लागि मात्र संचालनमा ल्याइएको बैंकले प्रष्ट पारेको छ ।

बैंकले २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved