वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव नै अर्थतन्त्रको मुख्य चुनौती: कार्यबाहक गभर्नर ढुंगाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2022 | 09:15:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले नेपालमा दिगो आर्थिक विकासको बहस हुन जरुरी रहेको बताएकी छिन्  । एसोशिएसन अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ नेपाल (एक्यान)ले आयोजना गरेको दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएकी हुन्  । 

उनले दिगो आर्थिक विकासले विश्वमा शान्ति, मानव अधिकार,जनताको हित , आर्थिक समृद्धि,पृथ्वीको रक्षा ,लैगिंक समानता र भोकमरी तथा गरिबीको अन्त्यलाई समेट्ने बताईन् । उनले नेपालको अर्थतन्त्रमा वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताईन् ।

कार्यवाहक गभर्नर डा.तिमिल्सनाले वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि,कमजोर निर्यात,रेमिट्यान्समा कमि तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभएको कारण शोधानान्तर स्थितिमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौतीको रुपमा रहेको बताईन् ।डा. तिमिल्सिनाले अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राको समेत अवमूल्यन भएको बताईन् । उहाँले डलरको मूल्य बढेको कारण नेपालमा आउने रेमिटेन्स बढेपनि अन्य क्षेत्रमा नकारामत्क प्रभाव परेको जानकारी दिईन् ।

पछिल्लो समय विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेकाले नेपालमा पनि मुद्रास्फीतिमा दबाब कामय रहेको उनको भनाई छ।  उनले आन्तरिक उत्पादनको वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताईन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved