मर्जरपछि प्रभु र सेन्चुरीको एकिकृत कारोबार पुस २६ बाट, ३ दिन सम्पूर्ण सेवा बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 07:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक र  सेन्चुरी कमर्शियल बैंक एक आपस मर्ज भई पुस २६ गते मंगलबारबाट एकिकृत कारोबार गर्ने भएका छन् । मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

दुवै बैंकको पुस १४ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस १९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।  कम्पनी रजिष्ट्रारको कार्यालयल पुस २१ गते सेन्चुरीको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्रभु बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । 

सोहि अनुसार पुस २६ गते मंगलबारदेखि प्रभु बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।  मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल प्रभु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बबरमहलमा रहने छ ।

 एकिकृत कारोबार शुरू गरिने भएको हुँदा डाटा माईग्रेसन प्रयोजनको लागि २०७९/०९/२२ गते शुक्रबार राति १२ बजेदेखि पुस २६ गते बिहान ९:४५ बजेसम्मदुवै बैंकको सम्पूर्ण सेवा बन्द रहने छ । यस अवधिमा एटिएम, इन्टरनेट बैंकिंग तथा मोबाइल बैंकिंग सेवा पनि बन्द रहने छन्  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved