लक्ष्मी बैंक र सनराइज बैंकबीच सोमबार मर्जर सम्झौता हुँदै, के के भए सहमति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2023 | 05:13:45 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक र सनराइज बैंक मर्ज हुने भएका छन् । दुई बैंक बीच सोमबार अपरान्ह मर्जर सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक कार्यक्रम तय भएको छ ।

दुई बैंकबीच डिडिए अनुसार स्वाप रेसियो कायम गर्ने सहमति भएको छ । लक्ष्मी बैंकका एक संचालकले १:१ को स्वापमा सहमति भएको समाचार बाहिर आएपनि त्यसमा सत्यता नरहेको बताए । उनले लक्ष्मी बैंकको सम्पति बढी भएकोले डिडिए गर्दा लक्ष्मी बैंक केहि अगाडी आउने अपेक्षा गरिएको बताए ।  हालसम्मको सहमति अनुसार अध्यक्ष पनि लक्ष्मीले पाउने र सीइओ पनि लक्ष्मीले पाउने उनले बताए । यद्यपि सीईओ पनि लक्ष्मीलाई दिने विषयमा भने सनराइज कन्भिन्स भईनसकेको बताईएको छ।

नामका विषयमा छलफल बाँकि नै रहेको उनले उल्लेख गरे। उनका अनुसार लक्ष्मी सनराइज बैंक वा लक्ष्मी बैंक हुन सक्ने छ। थप विषय भने मर्जर कमिटीले टुंगो लगाउने उनले बताए । 

नेपाल राष्ट्र बैंकले यी २ बैंकलाई लामो समयदेखि मर्जमा जान दबाब दिँदै आएको थियो । दुवै बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट लाभांश दिएका थिएनन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved