कर्जा असुलीको लागि सार्वजनिक सूचना जारी गर्दा व्यक्तिको फोटो राख्न बन्देज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2023 | 07:37:30 PM मा प्रकाशित

laxmi  sunrise bank

अब बैंकहरुले कर्जा असुलीको लागि सार्वजनिक सूचना जारी गर्दा व्यक्तिको फोटो राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारि गर्दै कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न नपाइने ब्यबस्था गरेको हो ।

एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।  

नेपाल उद्योग वाणिज्य संघ लगायतका निजि संगठनहरुले कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा फोटो राख्न नदिन माग गर्दै आएका थिए ।  आजको निर्देशनपछि निजि क्षेत्रको सो माग पुरा भएको छ ।  


राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई निर्देशन जारी गरेको हो  । राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई छुट्टै निर्देशन जारी गरेको छ  

राष्ट्र बैंक मौद्रिक नीतिको पूर्वसन्ध्यामा यो निर्देशन जारी गरेको हो  । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ  

यस्तो छ निर्देशन : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved