राष्ट्र बैंकले फेर्यो मार्जिन प्रकृतिको कर्जाको परिभाषा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2023 | 07:44:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको परिभाषामा सामान्य परिमार्जन गरेको छ। राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै मार्जिन प्रकृतिको कर्जाको परिभाषामा सामान्य परिमार्जन गरेको हो ।

जस अनुसार अब 'कुनै पनि व्यक्ति वा संस्थालाई कर्जा सापट प्रवाह गर्दा कुनै सूचीकृत कम्पनीको सेयर वा डिवेञ्चर सुरक्षणको रुपमा धितो लिई शेयर वा डिबेञ्चर खरिद गर्न प्रवाह भएका कर्जालाई मार्जिन प्रकृतिको कर्जा सापटको रुपमा लिइने छ ।'

यस अघि 'कुनै पनि व्यक्ति वा संस्थालाई कर्जा सापट प्रवाह गर्दा कुनै सूचीकृत कम्पनीको सेयर वा डिवेञ्चर सुरक्षणको रुपमा धितो लिई प्रवाह भएका कर्जालाई मार्जिन प्रकृतिको कर्जा सापटको रुपमा लिइने छ ।' भन्ने उल्लेख थियो ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved