कुमारी बैंकले मनायो २२ औं वार्षिकोत्सव, रकमलाई सय गुणासम्म वृद्धि गर्ने विशेष योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 09:24:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक लिमिटेडले  २२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त  गरेको छ । 

वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न विशेषतायुक्त बैंकिङ्ग सुविधा योजना प्रस्तुत गरेको छ  । ग्राहकहरूलाई थप वचत गर्ने अवसर प्रदान गर्दै सम्पूर्णवचत खाताहरूमा लकर मार्जिनमा ७५% छुट प्रदान गर्दै विभिन्न साझेदारहरू मार्फत थप सुविधाहरु पनि प्रस्तुत गरेको छ ।  बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि निः शुल्क दर्ता गर्ने तथा वार्षिक शुल्कहरूमा पनि छुट प्रदान गरेको छ । साथै, प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष योजना ‘रिकरिङ्ग मुद्दति’ खातासमेत संचालमा समेत ल्याएको जनाएको छ । 

 बैंकले ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग सुविधा तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु प्रवाह गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved