नेपाल सरकारले अहिलेसम्मकै सस्तो ब्याजमा उठायो आन्तरिक ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 07:04:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले अहिलेसम्मकै सस्तो ब्याजमा आन्तरिक ऋण उठाएको छ। चालु आर्थिक वर्षको अहिलेसम्मकै सस्तो ब्याजमा सरकारले आन्तरिक ऋण उठाएको हो।

नेपाल सरकारले नेपाल राष्ट्र बैंक मार्फत बार्षिक ८.८७ प्रतिशतको ब्याजमा ६ बर्षका लागि १० अर्ब ऋण लिएको हो। नेपाल सरकारले चालू आर्थिक बर्षमा उठाएको मध्ये यो ऋण नै सबै भन्दा सस्तो ब्याजको हो। नेपाल सरकारले आज बिक्रि गरेको विकास ऋणपत्रको नाम 'विकास ऋणपत्र २०८५ ' छ'' दिएको छ। 

चालु आर्थिक बर्षको आजको मितिसम्म नेपाल सरकारले यो १० अर्ब रुपैयाँ सहित कुल ४० अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको छ। तर यस अगाडी नेपाल सरकारले लिएको आन्तरिक ऋणको ब्याज १०. ९३ प्रतिशतसम्म थियो। नेपाल सरकारले चालु आर्थिक बर्षको चौथो त्रमाससम्म थप ६० अर्ब रुपैयाँ बराबरको विकास ऋण पत्र 'आन्तरिक ऋण' उठाउने लक्ष्य लिएको छ। 

यो ऋणपत्रमा ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले प्रस्ट्याएको छ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले लगानी गर्न पाउँछन्। यो ऋणपत्र धितो राखेर कर्जा लिन/दिन पाइन्छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निस्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० अर्ब र १ अर्ब ५ करोड छुट्याइएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved