बैंकहरुको सम्पत्तिको गुणस्तरमा ध्यान दिनु पर्छ: आईएमएफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 10:16:17 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को स्टाफ टिमले ७ दिने नेपाल भ्रमण सम्पन्न गरेको छ । आईएमएफको एसिया प्रशान्त क्षेत्रका डेपुटी डिभिजन चिफ तिदाएने किन्दाको नेतृत्वको टिमले नेपाल भ्रमण गरेको हो ।

भ्रमणको क्रममा उक्त टिमले अर्थ मन्त्री डा. प्रकाश शरण महत, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्टिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ र नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुसंग भेटवार्ता गरेको थियो । त्यस्तै टिमले निजि क्षेत्र संगठन र नेपालमा रहेका विकास साझेदारहरुसंग पनि छलफल गरेको थियो ।

भ्रमणको अन्त्यमा टिमले गतवर्ष अर्थतन्त्रमा मन्दी आएपछि यो आर्थिक वर्षमा अर्थतन्त्र चलायमान हुने, महंगीदर पहिला कै बिन्दुमा जाने, र बाह्य क्षेत्रमा सुधार देखिने जनाएको छ । त्यस्तै सजगताका साथ आएको मौद्रिक नीतिले बाह्य क्षेत्र सुधारमा बल पुग्ने आईएमएफले जनाएको छ । वित्तीय स्थायित्व कायम गर्नुमा बैंकहरुको सम्पत्तिको गुणस्तरमा ध्यान दिनु पर्ने र सुपरिवेक्षणको कार्यहरु थप बलियो बनाउनु पर्ने आईएमएफले उल्लेख गरेको छ। त्यस्तै वित्तीय स्थिरताको लागि चालु आर्थिक वर्षको बजेटको पूर्ण कार्यन्वयन हुनु पर्ने र पुँजीगत खर्च बढाउनु पर्ने आईएमएफले जनाएको छ ।

आईएमएफले नेपालमा गरिरहेको ईसीएफ सहयोगबारेको रिभ्यु भने यहि वर्षको अन्त्य तिर हुने आईएमएफले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved