विदेश भ्रमणमा जानेहरुका लागि डलर सटही सुविधाको सीमा बढाउन बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 01:18:32 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले राहदानी वापतको सहटी सुविधा संशोधन गरेको छ । राष्ट्र बैंकले विदेश भ्रमणमा जाँदा राहदानी सुविधा वापत पाइने डलर सटही सुविधा १५ सय अमेरिकी डलरबाट बढाएर २५ सय अमेरिकी डलर पुर्याएको हो । 

यसअघि भारतबाहेक अन्य देशको भ्रमणमा जाँदा वर्षमा २ पटकसम्म प्रतिपटक १५ सय अमेरिकी डलर सटही सुविधा रहेकोमा अब भने २५ सय डलर सटही सुविधा पाइने भएको हो ।

१ वर्षमा २ पटकसम्म प्रति पटक २५ सय अमेरिकी डलर साट्न पाइने व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै घोषणा गरेको थियो । यो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले क र ख वर्गका बैंकहरुलाई एकिकृत परिपत्र पनि जारी गरिसकेको छ । 

यस्तो परिपत्रः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved