साउनमा वाणिज्य बैंकको नाफा साढे ८ अर्ब , सर्वाधिक कमाउनेमा ग्लोबल आईएमई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 05:02:54 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले साउन महिनामा सो नाफा गरेका हुन् । 

यस अवधि सबैभन्दा बढी नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक लिमिटेड रहेको छ । बैंकले ९९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै नबिल बैंकले ७५ करोड ५५ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यता, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको तथ्यांक अनुसार सिटिजन बैंकको खुद नाफा  २ करोड ४७ लाख रुपैयाँ रहेको छ । त्यस्तै सानिमा बैंकले २ करोड ५१ लख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।

यता सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ । बैंकले यसअवधिमा १ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै माछापुच्छे बैंकले १ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

हेरौं कसको कति :-



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved