सिटिजन्स बैंकका ग्राहकलाई दराजमा २० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 04:21:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्देश्यका साथ सिटिजन्स बैंकले दराजसँग समझौता गरेको छ ।  सिटिजन्स बैंकका पदाधिकारी र दराजका प्रतिनिधि बीच बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज १७ गतेबाट लागू हुने गरी सम्झौतामा हस्ताक्षर भएको हो । 

दराजका पेमेन्ट  म्यानेजर  जोनाम भुर्तेल र बैंकका प्रमुख मास बैंकिङ्ग अफिसर रोशन मानन्धरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  सम्झौतामा उल्लेख भए अनुसार सिटिजन्स  बैंकको डेबिट कार्ड प्रयोग गरेर  प्रीपेमेन्ट गर्ने ग्राहकहरूले  १५ प्रतिशतसम्म र अधिकतम रु १५ सयसम्म छुट पाउनेछन भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशतसम्म र अधिकतम २ हजार रुपैयाँ को छुट प्राप्त गर्नेछन् । 

यो अफरको लाभ लिन  ग्राहकहरूले दराज एप वा वेबसाइट मार्फत सिटिजन्स बैंक भौचरहरू सङ्कलन गर्नुपर्नेछ जुन खरिद प्रक्रियामा आफै लागू हुनेछ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved