अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्काे वर्ष लाभांश दिन सक्दैनन्ः सिईओ ढुंगाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 12:02:33 PM मा प्रकाशित

laxmi  sunrise bank

 नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) ज्ञानेन्द्र प्रशाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्काे वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बताएका छन्।  महिला आर्थिक पत्रकार संघ(फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै सिईओ ढुंगानाले यस्तो बताएका हुन। 

सिईओ ढुंगानाले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाई छ। अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाई छ। जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने बताए। 

अहिले मुलुकमा पुजीँगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सहि नभएको बताए। यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाई छ। साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको जनाउने उनको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved