
एनएमबि बैंक र बुटवल मिलनचोक तिनकुने स्थित हरियो तरकारी प्रालिबीच एक सम्झौता भएको छ। सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकले हरियो तरकारीबाट तरकारी खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
सम्झौतापत्रमा बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र हरियो तरकारी प्रालीका प्रबन्ध निर्देशक लक्ष्मण शर्माले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरित सम्झौता बैंकको तर्फबाट सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र हरियो तरकारी प्रालिको तर्फबाट प्रवन्ध निर्देशक लक्ष्मण शर्माले आदानप्रदान गरेका थिए । सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ ।
सम्झौताले बैंकमा खाता भएका ग्राहकहरु लाभान्वित हुने बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले विस्वास व्यक्त गरे। अत्याधुनिक सेवा सहित संचालनमा रहेको हरियो तरकारी प्रालीबाट छुट पाउनको लागि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ ।
भुक्तानीको लागि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्ने हरियो तरकारी प्रालीका प्रबन्ध निर्देशक लक्ष्मण शर्माले जानकारी दिए ।