निफ्राका सीइओ खतिवडाले दिए राजीनामा, तामाङलाई निमित्तको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 10:00:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक(निफ्रा)का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले पदबाट राजीनामा दिएका छन्।प्रमुख कार्यकारी अधिकृत पदको सेवा करारलाई निरन्तरता दिन असमर्थ रहेको व्यहोरा जानकारी गराउँदै उनले  पुस २९ गते राजीनामा दिएको बैंकले जनाएको छ ।

बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकले माघ १ गतेदेखि लागु हुने गरी उनको राजीनामा स्वीकृत गरेको छ ।  सोही बैठकले अर्को व्यवस्था नभएसम्मको लागि बैंकका नायव महाप्रबन्धक सूर्य बहादुर तामाङलाई बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिने निर्णय गरेको छ।

रामकृष्ण खतिवडा २०७७ माघ १ गतेदेखि लागु हुने गरि बैंकको सीइओ नियुक्त भएका थिए । त्यस अघि उनी विद्युत नियमन आयोगको सदस्य थिए । उनकै नेतृत्वमा बैंकले ८ अर्बको आईपीओ जारी गरेको थियो, जुन हालसम्म कै ठूलो आईपीओ थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved