राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको वैशाख १४ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सीइओ नियुक्त गरेको हो ।
कम्पनीको सीइओ पदपूर्ति समितिले सीइओमा नियुक्त गर्नको लागि ४ जनाको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिष्टमा पर्नेहरुमा नारायण कुमार भट्टराई, डा. शिवहरी श्रेष्ठ, सुरेन्द्र थापा र सुवाष कोईराला रहेका थिए। हस मध्ये डा. शिवहरी श्रेष्ठ कम्पनीको सीइओ नियुक्त भएका हुन् ।
डा. शिव हरी श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्व सीईओ हुन् ।