हिमालयन लाईफको अध्यक्षमा सुलभ अग्रवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 02:04:07 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल चयन भएका छन् । आइतबार बसेको सञ्चालक समितिको २८ औँ बैठकले अग्रवाललाई अध्यक्षको चयन गरेको हो ।

गत शुक्रबार बसेको कम्पनीको वार्षिक साधारण सभाले अग्रवालसहित ६ जनालाई सञ्चालकमा निर्विरोध चयन गरेको थियो । यसरी निर्विरोध सञ्चालनक बन्नेहरुमा संस्थापकको तर्फबाट शुलभ अग्रवाल, विवेक दुगड र सौरभ दुगड रहेका थिए। त्यसैगरी सर्वसाधारणको तर्फबाट सर्वसाधारणको तर्फबाट राजिव प्रसाद प्याकुरेल, सचिन आचार्य र प्रमिला केसी निर्विरोध चयन भएका थिए ।

साधारणसभा पश्चात बसेको कम्पनीको पहिलो सञ्चालक समितिले अग्रवाललाई अध्यक्ष चयन गरेको हो। अग्रवाल यसअधि पनि यस कम्पनीको अध्यक्ष ने थिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved