कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जबरा, यस्तो बन्यो नयाँ संचालक समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 01:52:16 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकको संचालक समितिको अध्यक्षमा अमिर प्रताप जबरा चयन भएका छन् । कम्पनीको आज फागुन १ गते बसेको संचालक समितिको बैठकले जबरालाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

बैंकको माघ २८ गते सम्पन्न साधारणसभाले बैंकमा ६ संचालक चयन गरेको थियो । साधारणसभाले संस्थापक समुहबाट अमिर प्रताप जबरा, विजय कुमार श्रेष्ठ (कर्मचारी संचय कोषका प्रतिनिधि), र पशुपति मुरारकालाई संचालक चयन गरेको थियो । त्यस्तै सर्वसाधारण समुहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का र सिम्रन अग्रवाल (महिला तर्फबाट) लाई संचालक चयन गरेको थियो ।

बैंकको स्वतन्त्र संचालकमा विजय स्थापित रहेका छन् ।।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved