महालक्ष्मी विकास बैंकद्वारा तीज विशेष 'नारी सम्मान अभियान' सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2022 | 05:11:15 PM मा प्रकाशित

laxmi  sunrise bank

 महालक्ष्मी विकास बैंकले हरितालिका तीज - २०७९ को अवसरमा नारीलाई लक्षित गरेर “नारी सम्मान अभियान” सार्वजनिक गरेको छ । यस योजना अनुसार भाद्र महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५०% छुट प्रदान गरिने बैंकले जनाएको छ ।

 बैंकले नारीहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको उल्लेख गरेको छ । बैंकका अनुसार देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने छ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved