कामना सेवाका ग्राहकले ओम मूक्तिनाथ क्लिनिकमा भारी छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 08:16:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकका ग्रहक तथा कर्मचारीले Om Muktinath Polyclinic Pvt. Ltd उपचार गराउँदा भारी छुट पाउने भएका छन् । कामना सेवाले छुट सम्बन्धमा क्लिनिकसँग सम्झौता गरेको हो ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवा - सुविधामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुऱ्याउने उद्धेश्यले स्थापित उक्त Om Muktinath Polyclinic Pvt. Ltd. मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

Om Muktinath Polyclinic रुपन्देहीको बुटवलमा अवस्थित छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved