गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 04:57:41 PM मा प्रकाशित

गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता भएको छ । बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भूक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लि.द्धारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको हो।

सम्झौतापत्र अनुसार, विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिक गराई विभिन्न सेवाहरु जस्तै: मोबाईल टपअप, ईन्टरनेट/बिधुत/खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् । साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।

 बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved