मुक्तिनाथ विकास बैंकको तीज विशेष अफर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2022 | 12:28:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले  “मुक्तिनाथ तीज विशेष अफर" योजना ल्याएकोे छ । हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा अफर ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरुले १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा , निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निशूल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र भदौ महिनाभर ट्रानक्विलीटी स्पाको विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउने छन् ।

यस योजनामा शर्तहरु लागु हुनेभएकाले यस योजनाका बारे थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। यो योजनोले नारीहरुको सम्मान गर्दै नारीहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved