कामना सेवा र सार्वजनिक खरिद अनुगमनबीच बैंक जमानत सम्बन्धी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 06:00:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता भएको छ । बैंक र कार्यालयबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार सरकारी निकायहरुवाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्र बापतको बैंक जमानत विकास बैंकबाट लिई अनलाईन मार्फत सम्बन्धित निकायमा पेश हुने छ । 

बैंकका ग्राहकहरुले बैंक जमानत लिई सोसँग सम्बन्धित कागजातहरु अनलाईन माध्ययद्वारा पेश गरेपश्चात बैंकले उक्त कागजातहरु प्रमाणीकरण गर्ने जनाइएको छ । 

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र कार्यालयका कार्यालयका सह–सचिव विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् । 

सम्झौताले बैंकका ग्राहकहरुलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैक जमानत लिन थप सहज भई बैंकको व्यवसायमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको उल्लेख गरेको छ । 

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved