छुट्नुहोला ! गुराँस लाइफ र एनआईसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2021 | 09:35:25 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एसिया लघुवित्त वित्तीय सँस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। दुवै सँस्थाले आगामी बार्षिक साधारणसभाको लागि कात्तिक २३ गते बुक क्लोज मिति तय गरेकाले आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन। 

गुराँस लाइफ इन्स्योरेन्सले मङ्सिर १० गतेको लागि आफ्नो एघारौँ बार्षिक साधारणसभा डाकेको छ। उक्त साधारणसभाको लागि कात्तिक २३ गते बुक क्लोज तय गरेको छ। कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरुले मात्र गुराँस लाइफको लाभांश पाउन तथा साधारणसभामा सहभागी हुन पाउनेछन्। 

गुराँस लाइफको मुख्य एजेन्डामा संचालक समितिको १७३ औं बैठकले साउन २४ गते प्रस्ताव गरेको ५।५००४१७४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०।२८९४९५६६६ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने रहेको छ। 

त्यस्तै 

एनआईसी एसिया लघुवित्तले मङ्सिर ५ गतेको लागि आफ्नो चौथो बार्षिक साधारणसभा डाकेको छ। उक्त साधारणसभाको लागि एनआईसी एसिया लघुवित्तले कात्तिक २३ गते बुक क्लोज तय गरेको छ। कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरुले मात्र एनआईसी एसियाको लाभांश पाउन तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।  

एनआईसी एसियाको साधारणसभाको मुख्य एजेन्डामा संचालक समितिको असोज १८ गतेको बैठकले आर्थिक बर्ष २०७७-०७८ बाट प्रस्ताव गरेको ५.४१ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने रहेको छ। एनआईसी एसिया लघुवित्तले चुक्तापुंजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँले हुन आउने ९ करोड ४१ लाख रुपैयाँ बराबरको नगद लाभांश दिन लागेको हो।    

अर्को एजेन्डामा संचालक समितिमा संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण समुह तर्फबाट २ जना नियुक्त गर्ने रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved