धमाधम प्रतिवेदन लेख्दै महालेखा, शनिबार पनि छैन कर्मचारीलाई बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 05:04:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको सर्वोच्च लेखापरीक्षण संस्था महालेखा परीक्षकको कार्यालय अहिले धमाधम ६०औँ प्रतिवेदन लेखनमा जुटेको छ । चैत २९ गते राष्ट्रपति रामचन्द्र पौडेलसामू प्रतिवेदन बुझाउने तयारी गरिरहेको महालेखा परीक्षकको कार्यालयले अहिले प्रतिवेदन लेखनलाई तीव्रता दिएको हो ।

महालेखापरीक्षक टंकमणि शर्मा, दंगालले चैत २९ गते ६०औँ वार्षिक प्रतिवेदन बुझाउने तयारी भइरहेको र सोही अनुसार देशका संघीय मन्त्रालय, प्रदेश सरकार र मन्त्रालय तथा ७५३ वटै पालिकाहरुहरुको अडिट अनुसारको प्रतिवेदन लेखन कार्य जारी रहेको बताएका छन् ।

उनका अनुसार अहिले महालेखा परीक्षकका कार्यरत ६ सय बढी कर्मचारीहरु शनिबार साप्ताहिक बिदाको दिनमा पनि कार्यालयमा उपस्थित भएरै काम गरिरहेका छन् । 

‘सामान्यतया चैत मसान्तभित्रै प्रतिवेदन बुझाउने प्रचलन छ, सोही अनुसार यसपाली पनि चैत २९ गते प्रतिवेदन बुझाएर सकेसम्म त्यहीँ दिन वा भोलीपल्ट पत्रकार सम्मेलन गरेर सबै निकायको लेखा परीक्षण (अडिट)को अवस्था सार्वजनिक गर्नेछौँ’ महालेखापरीक्षक दंगालले भने ।

३ हजार इकाईहरु, २ सय सार्वजनिक नीजि साझेदारीमा चलेका संस्थाहरु लगायत गरी ७ हजार कार्यालयको महालेखाले अडिट गर्छ । यसपाली महालेखाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण गर्दैछ । महालेखाले देशभरको खर्चको स्थिती र बेरुजु औल्याउने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved