नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ । जारी तेस्रो लगानी सम्मेलनमा नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियानले हस्ताक्षर गरेका छन् ।