अर्थमन्त्री महतलाई अर्थविद् क्षेत्रीको सुझाव, ‘आफ्नो शैक्षिक योग्यता २५ प्रतिशत मात्रै लगाउनुस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 03:48:21 PM मा प्रकाशित

laxmi sunrise bank

राष्ट्र बैंकका पूर्व  गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफ्नो योग्यता प्रयोग गर्ने क्रममा वस्तुस्थितिकोको अवस्था पनि बुझ्न सुझाव दिएका छन् । अर्थमन्त्रीहरु आफ्नो विवेक, क्षमता, योग्यता र आवश्यकता भन्दा पनि ‘नेतामुखी’ हुँदा नेपालको अर्थतन्त्रले स्पष्ट लय समात्न नसकेको भन्दै नयाँ अर्थमन्त्री डा. महतलाई सुरुबाटै अडिग रहेर काम गर्न पूर्व गभर्नर क्षेत्रीले सुझाव दिएका हुन् ।

बिजपाटीसँग कुराकानी गर्दै क्षेत्रीले आफ्नो शैक्षिक योग्यताबाट प्राप्त ज्ञान २५ प्रतिशत, अर्थ प्रशासनमा काविल रहेका प्रशासकहरुबाट २५ प्रतिशत र बाँकी ५० प्रतिशत तथ्य र तथ्यांक केन्द्रित ज्ञान लगाएर अर्थतन्त्र सम्हाल्न डा. महतलाई सुझाव दिएका हुन् । 

‘नेताले भन्यो, दबाब आयो भनेर त्यस्तै खालको निर्णय गर्नु भएन, वास्तविकतामा रहेर तथ्य र तथ्यांक यो हो भनेर अडिग रहनु पर्यो’ उनले भने, ‘उहाँ आफैँ पनि अर्थशास्त्रमा पीएचडी गरेको मान्छे हुनुहुन्छ, तर लिवरल देशबाट गरेको पीएचडी हाम्रो देशमा हुबहु लागू हुँदैन । यहाँको बस्तुस्थितीको पनि ज्ञान हुनुपर्छ, हेक्का राख्नुपर्छ ।’

उनले डा. रामशरण महतले लामो समय अर्थ मन्त्रालय हाँकेको हुनाले प्रकाशशरण महतमा पनि रामशरणको संगतले धेरै कुराको ज्ञान रहेको भन्दै आशावादी हुने ठाउँ रहेको पनि बताएका छन् । 

‘रत्नाकर डाँकु पनि बाल्मीकी ऋषी भएको कथा त हामीले पढेका हौँ नि, त्यसैले खराब नै आएका छन् भने त राम्रै गर्लान् भन्ने आशा राख्नुपर्छ, उहाँ त आफैँ अर्थशास्त्रमा पीएचडी गरेको, घरकै अर्थमन्त्री हुँदा पनि संगत गरेको मान्छे हो, आशा गर्ने ठाउँ छन्, राम्रै गर्नुहोला’ क्षेत्रीले भने । 

उनले डा. महतले आफ्नो कार्यकालमा अरु केही गर्न नसके पनि अहिले ४० प्रतिशतको हाराहारीमा छ भनिएको अनौपचारिक अर्थतन्त्रलाई ३० प्रतिशतमा मात्रै झार्न सके भने पनि ठूलो उपलब्धि हुने भन्दै ‘क्यालेन्डर’ नै बनाएर कामहरु गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved