नेपालको आर्थिक वृद्धिदर घटेर ४.१ प्रतिशत कायम हुने एडीबीको प्रक्षेपण, महँगी ७ प्रतिशतमाथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 12:34:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एसियाली विकास बैंक (एडीबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धि दर घटेर ४.१ प्रतिशत कायम रहने प्रक्षेपण गरेको छ। सन् २०२४ मा भने आर्थिकदर ५ प्रतिशत पुग्ने बैंकको प्रक्षेपण छ 

बैंकले कसिलो मौद्रिक नीति, घट्दो आन्तरिक माग, कोभिडको समयमा प्रदान गरिएका सहुलियतको कटौती र बाह्य कारणहरुले गर्दा आर्थिक वृद्धिदर कमजोर हुने प्रक्षेपण गरिएको जनाएको छ।  पुँजीगत खर्चमा वृद्धि लगानी योजना, वित्तीय व्यवस्थापन , र विकास निर्माणका योजनाहरुले आर्थिक वृद्धिमा सहयोग गर्ने बैंकले उल्लेख गरेको छ

एडीबीका अनुसार कृषितर्फको आर्थिक वृद्धि गत वर्षको २.३ प्रतिशतबाट गह्टर २ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ। पर्याप्त पानी नपरेको जाडोयाममा हुने कृषि उत्पादन घट्ने बैंकले जनाएको छ । उच्च ब्याजदर, आयातमा प्रतिबन्ध, घट्दो आन्तरिक मागका कारण औद्योगिक वृद्धि पनि घट्ने प्रक्षेपण गरिएको छ । 

एडीबीका अनुसार नेपालको महँगीदर बढेर ७.४ प्रतिशत पुग्ने छ । गत वर्ष महँगी दर ६.३ प्रतिशत थियो । सन् २०२४ मा भने महँगी दर घटेर ६.२ प्रतिशत कायम हुने बैंकको प्रक्षेपण छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved