राजस्वले साधारण खर्च नपुग्ने अवस्था सिर्जना भएको छ: अर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 08:26:05 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले संकलित राजस्वले साधारण खर्च नपुग्ने अवस्था सिर्जना भएको बताएका छन् । आर्थिक मिडिया सञ्चालकहरुसँगको भेटमा अर्थमन्त्री डा. महतले  पूँजीगत खर्चमा आन्तरिक र बाह्य ऋणमा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको बताएका हुन्।

आर्थिक मिडिया सञ्चालक संघको  टोलीसंग अर्थमन्त्री डा. महतले आर्थिक वृद्धिदरको सूचांक धेरै निराशाजनक नभए पनि माग र आपूर्तिको समस्या, लगानीकर्ताका आफ्नै समस्या, व्याजदरको समस्या, पूँजी बजारको समस्या देखिएको बताए । परिस्थिति कारण केही अप्ठ्यारा भए पनि ती अप्ठ्यारा सामना गर्न सकिने अर्थमन्त्री डा. महतले बताए ।

अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकको समस्यामा नकरात्मक सूचांकलाई सकरात्मक दिशामा फर्काउन सकिने मन्त्री डा. महतले बताए । ‘साधारण खर्चलाई संयमित ढंगले उपयोग गर्ने नीति सरकारले लिनेछ । अप्ठ्याराहरु गम्भीर छन्, तर हामी समाधान गछौं’ उनले भने, ‘अर्थतन्त्रलाई सकरात्मक दिशामा फर्काउन हामी लागिरहेका छौं ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved