अर्थमन्त्रीको स्वीकारोक्ति, ‘तलब खुवाउन पनि नपुग्ने गरी राजस्व घट्नु दुर्भाग्यपूर्ण हो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2023 | 01:18:03 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व साधारण खर्च (तलब भत्ता लगायतमा हुने खर्च) समेत धान्न नसक्ने गरी घटेको स्वीकार गरेका छन् । भन्सार विभागले आयोजना गरेको ‘भन्सार व्यवस्थापन गोष्ठी’लाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री डा. महतले साधारण खर्च समेत धान्न नसक्ने गरी सरकारको आम्दानी घट्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । 

उनले राजस्व घट्नुमा भन्सारको मात्रै सबै दोष नरहेको भन्दै राजस्व चुहावट रोक्न सुरक्षा निकायसँग छलफल गरिएको बताए ।

भन्सार नाकाबाट राजस्व चुहावट भएको खबर आएको पनि दाबी गरेका छन् । 

अर्थमन्त्री डा. महतले अहिलेको अवस्थालाई राजनीतिक नेतृत्वले उच्च महत्व दिएको दाबी गर्दै आर्थिक समस्या समाधानका लागि सरकारको तर्फबाट कुनै कसर बाँकी नराखिने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved