अर्थतन्त्र सुधारमा सघाउन आइएमएफलाई महासंघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2023 | 10:18:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) लाई देशको अर्थतन्त्र सुधारका लागि आवश्यक पर्ने सहयोग गर्न आग्रह गरेका छन् । आइएमएफका आवासीय प्रतिनिधिबीच आज भएको भेटवार्तामा उनले विद्यमान अर्थतन्त्रको सुधारमा सघाउन आग्रह गरेका हुन् ।

अध्यक्ष ढकालसँग नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासङ्घ सचिवालयमा औपचारिक भेटवार्ता गरेकी हुन् ।  सो अवसरमा अध्यक्ष ढकालले दुई संस्था मिलेर विद्यमान आर्थिक मन्दीको अवस्थालाई सुधार्नुपर्नेमा जोड दिए । उनले बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनःसंरचना, पुनःतालिकीकरण, पुनःकर्जा सुविधा दिनुपर्नेमा महासङ्घले राष्ट्र बैंकसँग आग्रह गरिरहेको बताए । 

सो अवसरमा आवासीय प्रतिनिधि सान्चेजले महासङ्घका अध्यक्षले राखेका विषयलाई आफूले महत्त्वका साथ लिएको बताईन् । साथै उनले सो विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने विश्वास दिलाईन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved